खेल जितेपछि भलिबल खेलाडीले किन गरे आत्महत्या ?

धादिङ,९ कार्तिक । धादिङको सिद्धलेक गाउपालिका-३ स्थित सलाङ ढोडेनीमा एकजना भलिबल खेलाडीले आत्महत्या गरेका छन् ।

धादिङ जिल्लाको भलिबल कप्तान समेत रहेका मनोज कुमार श्रेष्ठ झुन्डिएको अवस्थामा मृत भेटीएपछी उनको आत्महत्या हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी र स्थानीयले गरेका छन् ।
जिल्लाकै गङ्गाजमुना गाउँपालिका-४ गुम्दीका स्थानीय श्रेष्ठ सिद्धलेक गाउँपालिकाको नलाङ, खिर्रे भञ्ज्याङ्मा आयोजित तमु युवा समाज खुल्ला पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन टिम सहित गएका थिए।

अघिल्लो दिन भलिबल उनकै टिमले जितेपछि उनीहरु राति बास बस्न सलाङ गएको र बिहान उठ्दा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए । उनको शब झुन्डिएको देखेपछि साथीहरूले प्रहरीलाई खबर गरेका थिए।

मृतक श्रेष्ठ केही दिनदेखि पारिवारिक तनावमा रहेको बुझिएको छ। उनको श्रीमती पनि विदेशमा छिन् ।उनको शव पोस्टमार्टम पछि परिवारले जिम्मा लिने र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी स्रोतको भनाइ छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय