प्रिमियर कप विजेता यु-१९ क्रिकेट टोलीलाई विमानस्थलमा स्वागत

काठमाडौं, ९ कात्तिक । मलेसियामा सम्पन्न एसीसी यू- १९ प्रिमियर कपको उपाधि जितेर स्वदेश फर्किएको नेपाली किक्रेट टोलीलाई भव्य स्वागत गरिएको छ ।

बिहिबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा क्यानका पदाधिकारीहरुले फुलमाला खादाले स्वागत गरेका थिए ।

नेपालले सेमिफाइनमा जापानलाई हराएर यु१९ एसिया कपमा छनौट भएको थियो भने प्रतिस्पर्धात्मक फाइनलमा युएईलाई हराएर प्रिमियर कपको उपाधि जितेको थियो ।

यस टोलीले आगामी वर्ष हुने यु१९ विश्‍वकप पनि खेल्दै छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय