वरिष्ठ गायक सिताराम पोखरेलको ‘चित्त दुख्छ रे उनैको’

काठमाडौं,९कार्तिक। विगत तीन दशकदेखि नेपाली गीत गायन तथा म्युजिक भिडियो मोडलिङमा सक्रिय वरिष्ठ गायक सिताराम पोखरेलले नयाँ म्युजिक भिडियो ‘चित्त दुख्छ रे उनैको’ सार्वजनिक गरेका छन्। मुनाल शिशिर कोइरालाको शब्दमा रहेको यस गीतलाई सागर सरद अधिकारीले संगीत दिएका छन् भने संजय श्रीपालको संगीत संयोजन रहेको छ।

वैवाहिक सम्बन्धमा हुने सानो तिनो झगडा या मनमुटावको कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्वयम् गायक पोखरेल र उषा उप्रेतीको अभिनय रहेको छ। सुजन श्रेष्ठले छायाँकन गरेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्।

नबिन बिष्ट सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो।२०४४ मा ‘सजाइदियौ जिन्दगी मेरो’ बोलको गीतबाट सांगीतिक यात्रा थालेका पोखरेलले २ सयभन्दा भन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।

उनका दर्जन बढी एल्बम सार्वजनिक भैसकेका छन् तीमध्ये धेरै जसो हिट छन् । गायक पोखरेल थुप्रै अवार्ड बाट समेत सम्मानित छन् । उनले केही समय अगाडि भारतको दादा साहेब अम्बेडकर अवार्ड समेत पाएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय