मार्टिन कोट्जी र बाबर हायातको विस्फोटक पारीमा हङकङको बलियो योगफल

काठमाडौं, ८ कात्तिक । नेपाल, हङकङ र युएई सम्मिलित नेपाल टी-२० त्रिकोणात्मक श्रृंखला अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङ र युएईबीच खेल भइरहेको छ ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले विशाल योगफल बनाएको छ । हङकङले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१२ रन बनायो ।

हङकङका लागि ‌ओपनर मार्टिन कोट्जी र बाबर हायातले विस्फोटक पारी खेले । कोट्जी ५५ बलमा ८६ रन बनाएर आउट भए भने बाबर हायात २० बलमा ६० रनमा अविजित रहे । कोट्जीले १० चौका र ४ छक्का प्रहार गरे भने बाबरले ५ चौका र ५ छक्का हिर्काए ।

त्यस्तै अन्शुमन राथ ४१ रनमा आउट भए । युएईका आकिफ राजा, निलन्श केशवानी र सन्चित शर्माले १-१ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय