दुर्गाको मूर्ति विसर्जन गर्न घाट गएका दुईको डुबेर ज्यान गयो
रासस
रुपन्देही, ७ कात्तिक । रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ।
मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए।
सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको उपरीक्षक विश्वकर्माले बताए। उनको खोजी भइरहेको छ ।
रुपन्देही कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन गर्ने गरिएको छ।

