पुर्व प्रधानमन्त्री भट्टराईले ९४ बर्षीय बुबाको हातबाट लगाए दसैंको टीका
यस्तो छ बाबुरामको चार पुस्ताको टीका (तस्वीर हेर्नुस् )
काठमाडौ,७कार्तिक।पुर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्ना ९४ बर्षीय बुबाको हातबाट दसैंको टीका लगाएका छन् ।
पन्चाङ्ग निर्णायक समितिले तोकेको समय ११:०२ को उत्तम साइतमा नै बुबा भोजप्रसाद भट्टराईको हातबाट डा.भट्टराई र उनको परिवारका सदस्यले टीका लगाएका हुन् ।
डा.भट्टराई सहित उनकी पत्नी पुर्व मन्त्री हिसिला यमी,भाइ शिव भट्टराई,बहिनी पार्वती भट्टराई,छोरी मानुषी यमि भट्टराई र ज्वाइँ जेकेन्द्र श्रेष्ठ सहित परिवारका अन्य सदस्यले बुबाको हातको टीका लगाएका हुन् ।
यो दसैंमा बाबुरामको चार पुस्ताको टीकाटालो एकै ठाउँमा भएको थियो। बुबा भोजप्रसाद भट्टराई,उनको छोरा डा. बाबुराम भट्टराई,बाबुरामकी छोरी मानुषी र मानुषीका छोरा युगिनले एकसाथ टीका लगाएका हुन् ।


