लमजुङमा जिप दुर्घटना हुँदा चालकको ज्यान गयो

काठमाडौं, ७ कात्तिक । लमजङमा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
तनहुँको भानु नगरपालिकाबाट लमजुङको सुन्दरबजार नगरपालिका-२ सुन्तलीटारका लागि छुटेको ग १ ज ७२७२ नम्बरको बोलेरो जिप मंगलबार विहान आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको हो ।
दुर्घटनामा परी जिप चालक अन्दाजी ३६ वर्षीय मंग बहादुर सेढाईको घटनास्थलमै ज्यान गएको हो।

