प्रचण्ड, केपी ओली र माधव नेपालको छैन टीका

काठमाडौं, ७ कार्तिक । आज दसैंको टीका अर्थात दशमी । मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिने दिन । विहान ११ बजेर २ मिनेटको साइतमा टीका लगाउने तयारी छ।

तर, यसपटक केही भिआइपीको टीका छैन अर्थात उनीहरुको घरमा टीका जमराको कार्यक्रम हुँदैन । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको यसपटक दसैंको टीका छैन।

प्रधानमन्त्री प्रचण्डकी श्रीमती सीता दाहालको निधन भएका कारण उनको भरतपुरस्थित घरमा दसैं नहुने भएको छ भने पुर्व प्रधानमन्त्री ओलीको ठुली आमाको निधन र अर्का पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको भाइ बितेको कारण दसैंको टीका नलगाउने भएका हुन् ।

उता, राष्ट्रपति रामचन्द्र पौडेल सहित पुर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा,डा.बाबुराम भट्टराई,झलनाथ खनाल र लोकेन्द्र बहादुर चन्दले भने टीका लगाउने भएका छन् । राष्ट्रपति पौडेलले दिउँस  २ बजेदेखि ५ बजेसम्म शितलनिवासमा उपस्थित हुने भिआइपी एवं सर्वसाधारणलाई समेत टीका लगाइदिने भएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय