बंगलादेशमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, कैयौं घाइते

काठमाडौं, ७ कात्तिक । बङ्गलादेशमा सोमबार दुई वटा रेल एकआपसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । बङ्गलादेशको किशोरगञ्ज जिल्लामा उक्त दुर्घटना भएको हो ।
बन्दरगाह सहर चट्टोग्रामतर्फ गइरहेको कन्टेनर रेल दिउँसो करिब साढे ३ बजे ढाका गइरहेको एगरोसिन्धुर एक्सप्रेससँग ठोक्किएको थियो।
अधिकारीहरूका अनुसार जीवित अधिकांश यात्रीहरूलाई चोट लागेको छ र उनीहरूलाई अस्पताल पुर्याइएको छ।
सयौँ स्वयंसेवक र स्थानीय बासिन्दा अग्निशमनकर्ताहरूसँग सहभागी भएर भग्नावशेषमा फसेका मानिसलाई बचाउन सक्रिय भएका थिए।

