बाबर हायातको अर्धशतकमा हङकङद्वारा युएईलाई मध्यम लक्ष्य

काठमाडौं, ५ कात्तिक । नेपाल, हङकङ र युएई सम्मिलित नेपाल टी-२० त्रिकोणात्मक श्रृंखलाको चौथो खेलमा हङकङ र युएईबीच प्रतिस्पर्धा भइरहेको छ ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले युएईलाई १५० रनको लक्ष्य प्रस्तुत गरेको छ । हङकङले निर्धारित २० ओभरमा विकेट ५ गुमाएर १४९ रन बनायो ।
हङकङका लागि बाबर हायातले ४५ बलमा ६६ रनको अर्धतकीय पारी खेले । उनले ३ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यस्तै एइजाज खान ४८ रनमा अविजित रहे ।
युएईका जाहुर खानले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए । त्यस्तै निलन्श केशवानीले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए ।

