क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता बास्तोलाको गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौ, ३ कार्तिक। नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

उनले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दाङको राप्ती गाउँपालिका-५ का बसन्तराम चौधरीको मृत्यु भएको हो। घट्नापछि नेता बास्तोला प्रहरी नियन्त्रणमा छन् ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गएराति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

उक्त दुर्घटनाका घाइते चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा प्रहरी नायब निरीक्षक जीवन केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार गरी स्वास्थ्य चौकी सिसहनियाँमा पुर्‍याएको थियो। राति १० बजेपछि स्वास्थ्य चौकी पुर्‍याएलगत्तै चिकित्सकले घाइते चौधरीलाई मृत घोषणा गरेका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय