गैरआवासीय नेपाली संघका पदाधिकारीले पाए नागरिकता

काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघका पदाधिकारीलाई  नागरिकता वितरण गरिएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा एनआरएनएका पदाधिकारीलाई नागरिकता दिइएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनआरएनएका अध्यक्ष कुल आचार्यलाई पहिलो नागरिकता दिएर  वितरणको शुभारम्भ गरेका थिए। सोहीक्रममा अध्यक्ष बद्री केसी र रबिना थापालाई पनि गैरआवासीय नागरिता प्रदान गरिएको थियो।

नागरिकता लिएपछि गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्षहरुले एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियान सार्थक भएको प्रतिक्रिया दिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय