सरकारसँग सहमति भएसँगै स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता

काठमाडौं, २८ असोज । काठमाडौंको माइतीघरमा विगत दुई सातादेखि आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ ।
संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठित सम्बाद समिति र स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिबीच शनिबार भएको वार्तामा २० बुँदै सहमति भएको हो।
सहमतिसँगै स्थानीय तहका कर्मचारीले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

