गोरखाका जनतासँग बाबुराम !

काठमाडौ,२१असोज। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई यतिबेला गोरखा जिल्लाको विभिन्न गाउँमा पुगेर जनतासँग अन्तरक्रिया र छलफल गरिरहेका छन् ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा सबभन्दा बढी प्रतिशत मत ल्याएर निर्वाचित भएदेखी यता डा.भट्टराई हरेक महिना गोरखा पुग्ने गरेका छन् । तत्कालीन समयमा कुल खसेको मत मध्य डा.भट्टराईले ८३ प्रतिशत मत पाएका थिए। त्यसपछि अर्थमन्त्री र २०६९ मा प्रधानमन्त्री भैसकेका उनी हरेक महिना गोरखाको गाउँ पुगेर जनतासँग भेटघाट गर्ने र जनताकै घरमा बास बस्ने गरेका छन् ।

अहिले उनी गोरखाको क्षेत्र नम्बर १ अन्तर्गतका गाउँमा पुगेर जनताको समस्या बुझ्ने काम गरिरहेका छन्।उनले दुई दिनमा पूर्वी गोरखा अन्तर्गत पर्ने क्षेत्र नं १ को गण्डकी गाउँपालिका, शहीद लखन र भीमसेन गाउँपालिकाका विभिन्न स्थान घुमेका छन् ।

डा.भट्टराईले सिउरेनीटार, दर्बुंग, फुजेल, माझीटार, क्यामुनटार,पिपलटार, बोर्लांगमा जनभेटघाट समेत गरेका छन् ।उनले यसैक्रममा बुढीगण्डकी परियोजनावारे भएको अन्योल, वेनीघाट-आरूघाट-लार्के सडक निर्माणमा भएको ढिलाइ, बुढीगण्डकी विस्थापितकालागि पुनर्स्थापना लगायत क्षेत्र नं १ भित्र पूर्वाधार अभाव भएको बिषयमा जनतासँग छलफल गरि जनगुनासो सुनेका छन् ।

उनले गाउँको बाटोमा आफ्नै गाडी फसेको तस्वीर राख्दै जनताको कयौं दु:खको समेत महसुस गरेको कटु अनुभव शेयर गरेका छन् ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय