कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिने

मोरङ, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् । विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको हो ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार नियुक्त भएका मुख्यमन्त्रीले विश्वासको मत नपाए उपधारा ५ अनुसार नेतृत्वमा दाबी गर्न नपाउने कानुन व्यावसायीले सुझाव दिएपछि विश्वासको मत परीक्षण नगरि उनले राजीनामा दिने भएका हुन् ।

शनिबार विश्वासको मत लिनुअघि बसेको पार्टीको संसदीय दलको बैठकमा उनले राजीनामा दिन लागेको जानकारी गराएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय