शेखरले भने: सरकार सच्चिनुपर्यो, सच्चिन सक्दैन भने छाड्नुपर्यो

काठमाडौं, २० असोज ।  नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरजिम्मेवार कुरा गर्दै हिँडेको भन्दै अहिलेको सरकार सच्चिनुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा नेपाली कांग्रेस गोरखाको शहीद लखन–काठमाडौं गाउँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सच्च‍िन नसक्ने हो भने सरकार छाड्नुपर्ने टिप्पणी गरेका हुन् ।

‘देश अराजकताबाट गइरहेको छ। भन्न त हुँदैन, देशको प्रधानमन्त्री के भन्नुहुन्छ भने म दुई लाख मान्छे सडकमा उतार्छु भन्नुहुन्छ। उहाँ देशको प्रधानमन्त्री हो कि पार्टीको सभापति हो। सभापति हो भने जे बोलेपनि हुन्छ। देशको प्रधानमन्त्रीले त्यस्तो गैरजिम्मेवार कुरा गर्नुहुन्छ,’ डा. कोइरालाले भने।

उनले थपे- ‘यो सरकार सच्चिनुपर्यो, सच्चिन सक्दैन भने छाड्नुपर्यो। नेपाली कांग्रेसले मात्रै ती अराजकताहरूलाई समाप्त पार्नसक्छ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • के नेपाली कांग्रेस फुट्छ ?

    नेपाली कांग्रेस यतिबेला इतिहासकै कठिन र गम्भीर मोडमा पुगेको छ। पार्टीको नाम र झण्डा एउटा भएपनी गुट र गुटैपिच्छे नेता र कार्यालय...