रिगलको कैद मिनाहा गर्नुको कारणबारे सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं, १८ असोज । सर्वोच्चले योगराज ढकाल ‘रिगल’को कैद मिनाहा गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ मागेको छ ।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो ।

गएको ३ असोजमा संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले योगराज ढकालको कैद मिनाहा गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय