सुदूरपश्‍चिममा दुईपटक भूकम्प, ठाउँठाउँमा घर भत्किए

बझाङ, १६ असोज । सुदूरपश्चिममा भूकम्प गएको छ । मङ्गलबार दिउँसो २ बजेर ४० मिनेट र ३ बजेर ७ मिनेटको समयमा बझाङको तलकोट केन्द्र भएर भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार पहिले बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको हो भने पछि चैनपुर केन्द्रविन्दु भएर ६ ३रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पको धक्का पश्‍चिमका धेरै जिल्लाहरुमा महसुस गरिएको थियो । भूकम्पले बझाङ बाजुरा लगायतका जिल्लाहरुमा घरहरु भत्किएका छन् भने केही ठाउँमा पहिरो पनि गएको छ ।

क्षतिको बारेमा थप विस्तृत विवरण आउन बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय