सरकारको कार्यशैलीप्रति संसदमा ओलीको आक्रोश

काठमाडौं, १६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै सरकारको कडा आलोचना गरेका छन् । उनले हालको गठबन्धन सरकारको कार्यशैलीलाई लिएर तीव्र आलोचना गरेका छन्।

ओलीले गृहमन्त्री आफैं सुन तस्करीको ढाकछोप गर्न लागेको तर संगठित रुपमा विरोध गरेर सुशासनको अभियान चलाउन दिएन भनेर गफ दिँदै हिँडेको उनको आरोप छ  । त्यस्तै  राष्ट्रपतिले दिएको आममाफीलगायतका विषयमा गम्भीर प्रश्‍न उठाएका छन् ।

उनले नेपालगञ्जका चेतन मानन्धरलाई बजारमा लखेटी लखेटी हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई माफी दिएर सरकारले अराजकता निम्त्याएको बताए । ‘एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ’, ओलीले भने, ‘नेपालगञ्ज आतंकित छ । पीडित परिवार आतंकिंत छ । यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ ? किन सम्मानित गरिन्छ ? ’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय