घण्टाघरबाट बत्ती चोर्ने दुई पक्राउ

वीरगञ्ज, १६ असोज । वीरगञ्‍जको  घण्टाघरमा रहेको बत्ती चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–८ निवासी १८ वर्षीय अविनाश खत्री र भारतको मोतीहारी घर भएका १८ वर्षीय नितेश मल्लिक छन् ।

घण्टाघर वरिपरि जडान गरिएको बत्ती गत शुक्रबार तोडफोड गर्ने र चोरीमा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

सिसिटिभीमा कैद भएको दृश्यका आधारमा अनुसन्धान गर्दै उनीरहरुलाई पक्राउ गरिएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय