पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

दाङ, १५ असोज । पोखराबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दाङमा दुर्घटनामा परेको छ । ग १ ख ८४८५ नम्बरको बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही-४ बन गाउँको बबइसोता पुलनजिकै सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय