अभिनेता अनमोल केसीलाई तीन दिनसम्म हिरासतमा राख्‍न अनुमति

काठमाडौं, १४ असोज । आपराधिक विश्‍वासघातको कसुरमा प्रहरी नियन्त्रणमा रहेका अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडाैं अदालतले अनुमति दिएको छ ।

अदालतले हिजोबाट लागू हुने गरी तीन दिन म्याद थपेको हो । एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि उनीविरुद्ध अपराधिक विश्वासघातको आरोपमा उजुरी परेको थियो ।

हिजो शनिबार सार्वजनिक विदा भएकाले उनको म्याद थप भएको थिएन । आज जिल्ला अदालतले भोलिसम्म हिरासतमा राख्न अनुमति दिएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय