सिरहामा पट्टा भाँचिएर बस दुर्घटना, दुईजनाको मृत्यु

सिरहा, १४ असोज । सिरहामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ यात्रु घाइते भएका छन् ।

सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फ्याक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

दुर्घटनामा परी दुई पुरुषको घटनास्थलमै मृत्यु भएको हो । यस्तै बसमा सवार २५ जना यात्रुहरू घाइते भएका छन् ।

घाइतेको सिरहाका अस्पतालमा उपचार भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय