इन्धनमा भएको मूल्यवृद्धि फिर्ता

काठमाडौं, १४ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मूल्यवृद्धि फिर्ता भएको हो ।
आइतबार दिउँसो प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको थियो। सो बैठकमा प्रधानमन्त्री प्रचण्डले मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएका थिए ।
त्यसलगत्तै निगमले आजै राति १२ बजेबाट लागू हुनेगरी मूल्यवृद्धि फिर्ता लिएको जानकारी गराएको छ।

