दशैंको मुखमा ग्याँसको मूल्यमा भारी वृद्धि

काठमाडौं, १४ असोज । नेपाल आयल निगमले दशैंको मुखैमा आएर पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याँसको मूल्यमा वृद्धि गरेको छ ।

शनिबार मध्यराति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको छ ।

त्यसैगरी खाना पकाउने एलपी ग्याँसको पनि प्रति सिलिन्डर २१५ रुपैयाँले मूल्य बढेको छ । योसँगै ग्याँसको मूल्य अब प्रति सिलिन्डर २११० रुपैयाँ पुगेको छ ।

पछिल्लो समय खाद्यान्‍नका सामग्रीहरुको पनि मूल्य बढिरहँदा दशैं आइसकेको अवस्थामा इन्धनको समेत मूल्य बढ्दा सबैको मर्का बढेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय