काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

दाङ, ९ असोज । काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटनामा परेको छ ।

काँक्रेविहार यातायात प्रालिको कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरको यात्रुबाहक बस मङ्गलबार विहान पर्वपश्‍चिम राजमार्ग अन्तर्गत दाङको लमही-९ मा दुर्घटनामा परेको हो ।

काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बसमा करिब ३५ देखि ४० जना यात्रु भएको र १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय