छतबाट खसेर २२ महिने बालकको मृत्यु

तनहुँ, ९ असोज । तनहुँमा घरको छतबाट खसेर बालकको ज्यान गएको छ । व्यास नगरपालिका–१२ छिर्कनमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरको छतमा खेल्दै गरेको अवस्थामा उनी छतबाट खसेका थिए ।
गम्भीर घाइते भएका उनलाई तत्कालै दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात पोखरा पठाइएकोमा ज्यान गएको हो ।

