नेपालको पोस्टमा जापानको ८ गोल

काठमाडौं, ८ असोज । चीनमा जारी १९औं एसियन गेम्स अन्तर्गत महिला फुटबलमा नेपालले फराकिलो हार व्यहोरेको छ । नेपाल जापानसँग ८-० गोलअन्तरले पराजित भएको हो ।
खेलको पहिलो हाफमै ५ गोल गरेको जापानले दोस्रो हाफमा ३ गोल थप्यो । जापानका लागि ओसावा हरुकाले २ गोल गर्दा वाकिसाका रेना, सिकोसी युजो, यामामोटो युजुकी, युनो मामी, जिकाता माया र काकिबाराले एक एक गोल गरे ।
यस हारसँगै नेपाल एक खेल अगावै समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग खेल्न बाँकी छ ।

