आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता हुने

काठमाडौँ, ५ असोज । विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलित शिक्षकहरु र सरकारबीच आज पनि वार्ता हुँदै छ । बिहिबार भएका दुवै वार्ताबाट कुनै निष्कर्ष निस्कन नसकेपछि वार्ता आज पनि बस्न लागेको हो ।

सिंहदरबारमा भएका वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ सहभागी थिए ।

आन्दोलनरत महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि थिए।

शिक्षकहरुका मागलाई लिएर सरकारका प्रतिनिधिहरुले अझै छलफल आवश्यक रहेको बताएपछि कुरा मिल्न नसकेको हो। बिहीबार बिहान पनि भएको वार्ता त्यतिकै सकिएको थियो।

शिक्षकहरुले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनाउँदै दुई दिनदेखि सडक आन्दोनल गरिरहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय