शिक्षक संघ र सरकारबीचको वार्ता सकारात्मक, तर निष्कर्षविहीन

काठमाडौ, ४ असोज । शिक्षा विधेयकमा आपत्ति जनाउँदै आन्दोलनरत शिक्षकहरुसँग सरकारले गरेको छलफल विनानिष्कर्ष टुंगिएको छ । बिहीबार बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएपनि कुनै निर्णय भने भएन

गृह मन्त्रालयमा बिहान ८ देखि ९ बजे सम्म भएको वार्तामा नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरसहित विभिन्न दलका शिक्षक संगठनका पदाधिकारी उपस्थित थिए।

सरकारका तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षासचिव सुरेश अधिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहभागी थिए।

छलफलमा गृहमन्त्री श्रेष्ठले शिक्षकका समस्या सबैको साझा समस्या भएकाले समाधानका लागि सरकार प्रतिबद्ध भएको बताए। मन्त्री श्रेष्ठले शिक्षकहरूको जायज माग सम्बोधन गर्ने र त्यसका लागि अन्य मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

छलफल सकारात्मक भएपनि आन्दोलन रोक्नेबारेमा भने कुनै निष्कर्ष ननिस्किएको बैठकमा सहभागीले जनाए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय