सप्तऋषिको पूजासँगै तीज मैजारो(तस्वीर सहित)

काठमाडौं, २ असोज।हिन्दु नारीले पँधेरो,धारा, खोला तथा नदि किनारमा स्नान गरि दत्युन खाएपछि आज सप्तऋषिको पूजासंगै तीज मैजारो गर्दैछन् ।
आज मंगल चौथी र पन्चमीपर्व एकै दिन परेकोले नेपाली नारीहरुले सप्तऋषिको पूजा समेत आजै गरेका छन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा ऋषि पञ्चमी पर्व मनाइन्छ ।
आज बिहान १० बजेर ४९ मिनेटमा चतुर्थी तिथि सकिएर पञ्चमी तिथि सुरु भएकाले ऋषी पञ्चमीका व्रतालुले सप्तऋषिको पूजा पनि आजै गर्नुपर्ने धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीले जानकारी दिए ।
ऋषि पञ्चमीको दिन सप्त ऋषिको पूजा आराधना गर्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यही विश्वासका साथ काठमाडौंको बागमती,बिष्णुमति,साली नदि र गौरीघाट क्षेत्रमा स्नान र पूजा गर्नेहरु भेला भएका छन् ।
तस्बिर:


