स्व.गणेशमान सिंहको स्मृतिमा श्रद्धाञ्जली र माल्यार्पण

काठमाडौ,२ असोज। नेपाली कांग्रेस काठमाडौ वडा नम्बर-६ इकाइद्वारा स्व.गणेशमान सिंहको शालिकमा माल्यार्पण र श्रद्धाञ्जली दिने कार्यक्रम सम्पन्न भएको छ।
नेपाली काङ्ग्रेसका सर्वमान्य नेता तथा २०४६ साल को प्रजातान्त्रिक आन्दोलनको सर्बोच्च कमान्डर स्व.गणेशमान सिंह को आज २६सौ स्मृति दिवस हो।
स्मृति दिवसकै सन्दर्भमा श्रद्धाञ्जली तथा शालिकमा माल्यार्पण गर्ने कार्यक्रम सम्पन्न गरिएको नेपाली काङ्ग्रेस काठमाडौ महानगरपालिका वडा नं.-६, बौद्ध इकाईका सभापति विवेक लामाले बताए।
इकाइ सभापति लामा सहित श्रद्धाञ्जलीका लागि संघीय सांसद तथा अर्थ समिति सभापति सन्तोष चालिसे, बागमती प्रदेश सांसद छिरिङ दोर्जे लामा,कांग्रेस काठमाडौ-३ का क्षेत्रीय सचीव एवं काठमाडौ महानगरपालिका वडा नम्बर-६ का वडा अध्यक्ष भुवन लामा सहित कांग्रेस नेताकार्यकर्ता पुगेका थिए ।


