सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकको आन्दोलन स्थगित

काठमाडौं, ३१ भदौ । नेपाल चिकित्सक संघले गरेको आन्दोलन स्थगित भएको छ । सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो ।

हेटौंडास्थित सञ्चो अस्पतालका दुई जना डाक्टरलाई बिरामीका आफन्तले कुटपिट गरेको घटनाको विरोधमा चिकित्सकहरूले आइतबार आकस्मिकबाहेकका सेवा बन्द गरेर प्रदर्शन गरेका थिए।

चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि स्वास्थ्य मन्त्रालयले आजै वार्ता बोलाएर सहमति गरेको हो । सरकार र चिकित्सकबीच भएको सहमतिमा सञ्चो अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने अभियोगमा पक्राउ परेका ४ जना र पक्राउ पुर्जी जारी भएका अरू ५ जनालाई पक्राउ गरी कारवाही गर्ने कुरा उल्लेख छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय