साताको पहिलो दिन नेप्सेमा गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं, ३१ भदौ । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से ४२.१४ अंकले घटेको छ।
आइतबार नेप्से ४२.१४ अंकले घटेर १९६४.९१ बिन्दुमा झरेको हो । घटेको बजारमा कारोबार रकम भने बढेको छ ।
अघिल्लो दिन नेप्सेमा १ अर्ब ४५ करोडको कारोबार भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार बढेर २ अर्ब १ करोड पुगेको छ ।

