छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

ताप्लेजुङ, ३१ भदौ । ताप्लेजुङमा जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । ९ कक्षामा पढ्ने छात्रामाथि करणी गरेको आरोपमा शिक्षक पक्राउ परेका हुन् ।
सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत छात्रालाई करणी गरेको अभियोगमा प्रहरीले सोही विद्यालयका एक शिक्षकलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा सप्तरीको महादेव गाउँपालिका‐२ का लक्ष्मीप्रसाद साह रहेका छन् । उनीमाथि जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान सुरू गरिएको छ ।

