गैरीगाउँ हत्या अपडेट: एक रात पनि सुत्न पाइनन् शुभद्रा

काठमाडौं, ३० भदौ । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँ ओरालो नजिक हत्या भएका ४ जनाकै सनाखत भएको छ । उनीहरुको धारिलो हतियार प्रहार गरी गएराती हत्या भएको हो ।
मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् ।प्रहरीका अनुसार हत्या हुनेमा दोलखा घर भै तीनकुनेस्थित दिव्य सःमिलमा सुरक्षा गार्ड रहेका कुमार भुजेल,उनकी श्रीमती ५२ बर्षीय अम्बिका भुजेल र आमा ७६ बर्षीय शुभद्रा भुजेल छन् । त्यसैगरी त्यही आइरहने तर नबस्ने गर्ने मोरङका २० बर्षका नवीन राई छन् ।
काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा ४ जनाको शव भेटिएको थियो । हत्यामा संलग्न भएको हुनसक्ने भन्दै एकजनालाई प्रहरीले नियन्त्रणमा राखेको छ। उनी त्यही आउजाउ गर्ने र पुर्व कर्मचारीका छोरा दिपेन्द्र राई भन्ने ब्यक्ति रहेको खुलेको छ । कपडा र जुत्तामा रगत लत्पतिएको अवस्थामा आफै ट्याक्सी चढेर उनी प्रहरी कार्यालय पुगेको पनि खुलेको छ।
नविन र हत्यामा सलंग्न रहेका दीपेन्द्र चिनजानका साथी हुन् भन्ने पनि खुलेको छ । उक्त मिलमा कुमार र उनकी श्रीमती अम्बिका मात्र बस्थे । आमा शुभद्रा भुजेल भने औंसी श्राद्ध गर्न काठमाडौ आएकी हुन् ।बिहीबार श्राद्ध सकेर उनलाई कान्छो छोराले बालुवाटारबाट जेठो छोरा कुमारको ल्याइदिएका थिए । त्यसैराती उनको हत्या भयो।
यो वीभत्स घटनामा अरु पनि सलंग्न भएको हुन सक्ने प्रहरीको आसंका छ। एक व्यक्तिले मात्रै हत्या गर्न नसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको प्रहरी भनाइ छ । घटना मादक पदार्थ सेवन गरेपछि भएको हुनसक्ने पुर्व अनुमान प्रहरीले गरेको छ।
हत्यामा धारिलो हतियार प्रयोग भएको देखिएको छ। मृतकहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको छ।उक्त दिव्य सःमिल दोलखा, कालीञ्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीले सञ्चालन गरेको बुझिएको छ ।

