शिक्षा ऐनप्रति शिक्षक महासंघको आपत्ति, ३ गतेदेखि आन्दोलनको घोषणा

काठमाडौं, २९ भदौ । नेपाल शिक्षक महासंघले सम्पूर्ण शैक्षिक गतिविधिहरू बन्द गरेर काठमाडौँ केन्द्रित आन्दोलन गर्ने  घोषणा गरेको छ। संसदमा दर्ता भएको विद्यालय शिक्षा ऐन २०८० को विधेयकमाथि गम्भीर आपत्ति जनाउँदै महासंघले सडक आन्दोलनको घोषणा गरेको हो ।

काठमाडौँमा शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत महासंघले असोज ३ गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनको घोषणा गरेको हो। महासंघले विधेयकको विभिन्न १७ बुँदामा असहमति जनाउँदै संशोधन गरेर जानुपर्ने माग राखेको छ ।

महासंघले सडक आन्दोलन आफूहरूको रहर नभएर बाध्यता भएको बताउँदै माग सम्बोधन नभएसम्म सडक आन्दोलन नरोकिने स्पष्ट पारेको छ ।

असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गरी आन्दोलनमा सरिक हुन महासंघले आग्रह गरेको छ ।

हेर्नुस् विज्ञप्तिः

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय