सर्वोच्चको न्यायधिशमा शर्मा सर्वसम्मत अनुमोदित

काठमाडौं, २९ भदौ । विनोद शर्मा सर्वोच्च अदालतको न्यायाधीशमा सर्वसम्मत अनुमोदित भएका छन् । सिंहदरबारमा शुक्रबार भएको संसदीय सुनुवाइमा उनी सर्वसम्मत अनुमोदित भएका हुन् ।
शर्माको नियुक्तिविरूद्ध सुनुवाइ समितिले उजुरी आह्वान गरे पनि कुनै पनि उजुरी परेको थिएन । शर्मालाई न्याय परिषद्ले भदौ १० गते न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
गत वर्ष भदौमा पनि उनको नाम सिफारिस गरिएको भएपनि त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन ।

