लिबियामा बाढी, करिब २० हजारको ज्यान गएको आशंका

एजेन्सी, २८ भदौ । लिबियाको डेर्ना सहरका मेयरले देशमा अचानक आएको बाढीका कारण झन्डै २० हजार जनाको मृत्यु भएको आशंका गरेका छन् ।
आइतबारको यो विनाशकारी बाढीले देशको पूर्वी क्षेत्रमा ठूलो जनधनको क्षति गरेको हो। बन्दरगाह सहर डेर्नाका मेयरले साउदी न्युज च्यानल अल-अरेबियासँग दुई बाँध भत्किएर आएको बाढीमा १८ देखि २० हजारसम्म मानिसको मृत्यु भएको बताएका हुन्।
उनका अनुसार ती बाँध फुट्दा मानिसहरू सुतिरहेका थिए र सुनामी जस्तै बाढी आएर उनीहरुलाई बगाएको थियो ।
धेरै शव अझै पनि भग्नावशेषमुनि वा समुद्रमा दबिएका छन्। जसका कारण रोग सर्ने जोखिम बढेको बीबीसीले जनाएको छ।

