सुन तस्करीमा माओवादी नेताका परिवारको कनेक्सन !
एक वर्षमा ३ सय ६२ केजी सुन नेपाल भित्रियो
काठमाडौं, २८ भदौ । हङकङ लगायत देशबाट नेपालमा ब्रेकप्याडमा रेडि ट्रेडको नाममा र चीनबाट भेप मार्फत एक वर्षमा ३ सय ६२ किलो सुन नेपाल भित्रिएको सीआईबीको निस्कर्ष छ।
१० वर्षे जनयुद्धका कमान्डर तथा हाल सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका नेता तथा उनका परिवारलाई साझेदार तथा ब्यापारीक रुपमा प्रयोग गरेर उक्त परिमाणको सुन चिनियाँ गिरोहले नेपाल ल्याएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
२०२२ को सेप्टेम्बरदेखि २०२३ जुन सम्ममा यो परिमाणमा सुन नेपाल आएको बुझिएको छ। जस मध्य पछिल्लो समय सरकारले जम्मा ६० केजी सुन मात्रै बरामद गर्न सकेको हो। सोही सुन प्रकरणपछि अनुसन्धान गर्दै जादा माओवादी कनेक्सन भेटिएको हो।
सुन ल्याउन गिरोहले माओवादी नेताहरू पुर्व उपराष्ट्रपति नन्दकिशोर पुन,माओवादी उपाध्यक्ष एवं पुर्व सभामुख कृष्णबहादुर महरा र माओवादी उपमहासचिव बर्षमान पुनको परिवारलाई प्रयोग गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।यसमध्ये प्रहरीले महराको कान्छो छोरा राहुल महरालाई पक्राउ गरेको छ।
सुन तस्करसंग नन्दकिशोर पुनकाका छोरा दिपेश पुन,महारा पुत्र राहुल महरा र बर्षमानका भाइको सम्पर्क देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।तर,मुद्दा चलाउन सिफारिस गरिएका ब्यक्तिमा माओवादी नेता तथा उनका परिवारका कसैलाई पनि राखिएको छैन।

