सीआइबीले बुझायो सुन प्रकरणबारेको अनुसन्धान प्रतिवेदन

काठमाडौं, २७ भदौ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सुन प्रकरणबारेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ ।
बुधबार दिउँसो अनुसन्धान मिशिल आएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ ।
थुनामा रहेका ३२ जनामध्ये २६ जनालाई मात्र प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ ।

