सक्षम महिला समुहको तीज कार्यक्रम सम्पन्न

काठमाडौ,२७ भदौ। महिलाको महान पर्व हरितालिका अर्थात तीजको अवसरमा श्री सक्षम महिला समुहको तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ।
बुधबार बागमती नगरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि कामनपा वडा नम्बर-६ का वडा अध्यक्ष भुवन लामाले महिला दिदीबहिनीको महान पर्व तीज सफलताको शुभकामना दिए।
उनले महानगर र वडाको तर्फबाट महिला दिदीबहिनीको हरेक कार्यमा साथ र सपोर्ट रहने बताए। उनले महिलालाई उर्जाशिल र नेतृत्वदायी बनाउन सक्षम महिला समुहले भुमिका खेल्नेमा आफू बिस्वस्त रहेको पनि बताए।
सक्षम महिला समुहकी अध्यक्ष मिरा दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस वडा नम्बर-६ इकाइ सभापति विवेक लामाले पनि शुभकामना दिएका थिए।
कार्यक्रम संस्थाकि सचीव शोभा ढकालले संचालन गरेकी थिइन। सो अवसरमा महिला दिदीबहिनीले तिज गीतमा नृत्य प्रदर्शन गरेर रमाइलो गरेका थिए।


