फुटसलमा भाग लिने टोलीलाई पोशाक हस्तान्तरण
वडाध्यक्ष लामाले दिए जितको शुभकामना
काठमाडौं, २७ भदौ। काठमाडौंमा भैरहेको ‘प्रयाग राज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता २०८०’ मा सहभागी हुने वडा नम्बर-६ को टिमलाइ ट्र्याकसुट तथा जर्सी सेट बितरण गरिएको छ।
बुधबार कामनपा-६ वडा कार्यालयमा आयोजित समारोहमा वडा अध्यक्ष भुवन लामाले खेलाडी तथा अफिसियल टिमलाइ उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । वितरण गरिएका सामाग्रीमा ट्र्याकसुट,जर्सी सेट,जुत्ता,मोजा,किपर सेट,प्याड र किपर पन्जा छन् ।
सो अवसरमा अध्यक्ष लामाले खेलाडीलाई हौसला दिदै जितको लागि अग्रिम शुभकामना दिए । उनले मैदानमा गएपछि जित वा हार भन्ने खेलको नियम हुने भएपनि आफ्नो वडाको लागि खेलाडीले पक्कै जितेर आउनेमा आफू विस्वस्त रहेको समेत बताए।
फुटसल प्रतियोगिता अन्तर्गत भोलि कामपा वडा नम्बर ६ र कामपा वडा नम्बर १५ बिच प्रतिस्पर्धा हुने टिम मेनेजर सोनम लामाले जानकारी दिए। यसमा वडा नम्बर-६ का खेलाडीले प्रतिस्पर्धा गर्ने भएकोले बुधबार वडाबाट खेलाडीको सम्मानमा खेल सामाग्री बितरण गरिएको हो ।
खेलको बिजेता टिमले नगद २ लाख र ट्रफी,उप बिजेताले १ लाख, उत्कृष्ट खेलाडीले नगद १० हजार,उत्कृष्ट गोलकर्ताले नगद १० ह्जार र गोलरक्षकलाई पनि १० हजार नगद छ।
कार्यक्रममा वडा अध्यक्ष सहित वडा सदस्य र कर्मचारीको उपस्थिति थियो ।



















