नेम्वाङको अन्त्येष्टि बिहिबार, त्यस दिन शोक बिदा

काठमाडौं, २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वभामुख तथा सांसद सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ ।

नेकपा एमालेका अनुसार बिहिबार बिहान ११ बजे उनको अन्त्येष्टि हुने छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो।

सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक विदा दिने निर्णय समेत गरिसकेको छ।

एमालेले पनि शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ। एमालेले पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको छ।

छोराहरु देश बाहिर रहेकाले फर्कन समय लागेका कारण छोराहरू आएपछिमात्रै अन्त्येष्टि गर्ने परिवारले आग्रह गरेका कारण भोलि दिनभर पनि नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यलय च्यासलमा राखिने जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय