प्रदेश सांसद जसपा नेतृ यादवको मृत्यु

काठमाडौ,२६ भदौ।मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य विन्दुकुमारी यादवको निधन भएको छ।
क्यान्सर रोगबाट पीडित ४४ वर्षीया यादवको मंगलबार बिहान सवा ८ बजे प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो।
उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । १० दिनदेखि उनको प्रादेशिक अस्पताल जनकपुरको आइसियूमा राखेर उपचार हुँदै आएको थियो।
दोस्रो मधेश आन्दोलनपछि नेतृत्वमा आएकी उनी जसपाबाट समानुपातिक सांसद थिइन्। उनको स्थायी बसोबास सर्लाहीमा छ। तर, उनी बिगत केही वर्षदेखि जनकपुरमै बस्दै आएकी थिइन्।

