सवारी दुर्घटनामा परी प्राचार्यको निधन

झापा, २६ भदौ । झापामा सवारी दुर्घटनामा परी स्कुलका प्राचार्यको ज्यान गएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका ८ शीतलचोकमा गएराति भएको सवारी दुर्घटनामा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदीको निधन भएको हो ।
मङ्गलबार साँझ सुवेदी सवार प्रदेश१–०१–०१३प नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो जीपले ठक्कर दिएको थियो ।
सो दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि विर्तामोडस्थित बिएन्डसी हस्पिटल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने जीप र चालकलाई नियन्त्रणमा लिइएको छ ।

