सुवास नेम्वाङको पार्थिव शरीर आज र भोलि पार्टी कार्यालयमा राखिने

काठमाडौं, २६ भदौ । हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवम् सांसद सुवास नेम्वाङको पार्थिव शरीर मंगलबार र बुधबार पार्टी कार्यालयमा राखिने भएको छ।

नेम्वाङको पार्थिव शरीर अहिले विहान ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा लगिएको छ । आज र भोलि श्रद्धाञ्जलीका लागि पार्थिव शरीर पार्टी कार्यालयमा राखिने र त्यसपछि अन्त्येष्टि गरिने एक नेताले जानकारी दिए ।

संविधानसभाको अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका नेम्वाङ हाल इलाम- २ बाट निर्वाचित सांसद थिए। एमालेका संसदीय दलका उपनेता रहेका उनको मंगलबार बिहान १ बजे निधन भएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय