एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं, २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।

सोमबार राति करिब १ बजेतिर हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल‌ लगिएकोमा उनको बाटो मै निधन भएको थियो । अस्पताल पुग्नु अगाडी नै उनको निधन भएको चिकित्सकले जनाएका थिए।

उनको सचिवालयले नेम्वाङलाई सामान्य रुघाखोकी मात्रै भएको तर राति आकस्मिक हृदयघात भएको कारण निधन भएको भनेको छ।

अहिले एमाले अध्यक्ष केपी ओली लगायत नेताहरु अस्पताल पुगेका छन् । उनी पुर्व सभामुख,मन्त्री,राष्ट्रिय सभा सदस्य तथा एमालेको विभिन्न तह हुँदै हाल उपाध्यक्ष थिए।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय