टेलिभिजन सञ्चालक सहित ७ जना विरुद्ध पक्राउ पूर्जी जारी

एक जना पक्राउ

काठमाडौं, २६ भदौ । नेपाल प्रहरीले एकजना टेलिभिजन संचालक सहित ७ जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । कास्की प्रहरीमा उनीहरु विरुद्ध उजुरी परेपछि पक्राउ पूर्जी जारी भएको हो।

पोखराको सभागृहचोक,न्युरोडमा मुख्य कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष तथा ग्यालेक्सी फोके टेलिभिजनका संचालक जितेन्द्रबाबु राईसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

राईले बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोपमा उजुरी परेपछि पक्राउ पुर्जी जारी भएको स्रोतको भनाइ छ। जिल्ला प्रहरी कार्यालय कास्कीले राईसहित ७ जनाविरुद्ध पक्राउ अनुमति लिएको छ ।

रकम फिर्ता नगरेको र बचत रकम हिनामिना गरेर फरार भएको भन्दै सञ्चालकविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा नौ सय ७१ जनाले उजुरी दिएका थिए । राई हाल सम्पर्कमा छैनन् । 

यसैगरी सोही सहकारीका पुर्व अध्यक्ष कुमार रम्तेललाई भने सोमबार प्रहरीले काठमाडौमा पक्राउ गरेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय