नेविसंघ केन्द्रिय सदस्य धमलामाथी आक्रमण

काठमाडौ,२५भदौ। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इञ्जियिनर अशोक धमलामाथि आक्रमण भएको छ।
धमलालाई ज्यान मार्ने उद्देश्यले आक्रमण भएको भनिएको छ ।विद्यार्थी नेता धमलामाथि सोमबार कोटेश्वरमा आक्रमण भएको हो ।
धमलाको शरीरको कुम (सोल्जर) मा ठूलो चोट लागेको हो । आक्रमणबाट गम्भीर घाईते भएका धमलाको ललितपुरको ग्वार्कोस्थित् बि एण्ड बी अस्पतालमा उपचार भैरहेको छ ।
धमलामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने व्यक्ति कोरियन नागरिक भएको खुलेको छ । प्रहरीले ती व्यक्तिलाई पक्राउ गरि कोटेश्वर चौकीमा राखेर अनुसन्धान गरिरहेको छ। आक्रमणको कारण खुलेको छैन।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय